७ असार २०८१, शुक्रबार

आफ्नो जन्मदिनमा शान्ता चौधरीले लेखिन् यस्तो मार्मिक स्टाटस


शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी नेत्री आफू आजदेखि एक वर्ष पाको भएको बताएकी छन्। चौधरीले आफ्नो आज जन्मदिन भएको भन्दै यस अवसरमा आफूलाई शुभकामना दिने, प्रेरणा दिने र उत्साह जगाउनु हुने सबै दाजुभाई दिदीबहिनीहरुमा हार्दिक धन्यवाद ब्यक्त गरेकी छन्।

उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै आफूलाई जन्मदिने र यहाँ सम्मको जीवनयात्राका लागि गोरेटो र पाइलाहरु दुबै प्रदान गर्नुहुने बुवा आमा प्रति अत्यन्तै ऋणी भएको बताएकी छन् ।

उनले लेखेकी छन्, “आज म एक बर्ष पाको भएको दिन। यस अवसरमा मलाई शुभकामना दिने, प्रेरणा दिने र उत्साह जगाउनु हुने सबै दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु।
मलाई जन्म दिने र यहाँ सम्मको जीवनयात्राका लागि गोरेटो र पाइलाहरु दुबै प्रदान गर्नुहुने मेरो आदरणीय बुवा आमा प्रति अत्यन्तै ऋणी छु। उहाँहरु प्रति आभार प्रकट गर्ने शब्दहरु म सँग छैनन्।
जीवनको आगामी यात्रामा यहाँहरु सबैको प्रेरणा र साथ रहिरहोस्। राष्ट्र र नागरिकहरुका लागि केही गर्न सकूँ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !