११ असार २०८१, मंगलबार

राम्ररी ख्याल गर्नुस्, संसदीय दलको चुनाव मैँ जित्छु : सिंह


Prakashman Singh

१७ फागुन, काठमाण्डौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी घोषणा गरे पनि निर्वाचनको प्रक्रिया सुरु भएपछि आफु औपचारिक रुपमा अगाडि बढ्ने बताएका छन् ।

ऋषि धमलासँग कुरा गर्दै सिंहले देउवाले उम्मेदवारी घोषणा गर्नु अधिकारको कुरा भए पनि उहाँ यसपटक चुनाव नलडे हुन्थ्यो भन्ने आफूहरुको चाहना भएको बताए ।

“यसपटकको संसदीय दलको नेतामा चुनाव नलडेको भए, इच्छा नदेखाएको भए राम्रो हुन्थ्यो ।” सिंहले भने ।

देउवाको नेतृत्वमा चुनावमा आएको नतिजा सन्तोषजनक नभएको भन्दै अब नेतृत्वका लागि अगाडि बढ्न उचित नहुने उनको तर्क छ ।

पार्टी सभापतिको हैसियतले विधानअनुसार पनि देउवाले काम गर्न नसकेको उनको आरोप छ ।

पार्टीको विधानले ४२ वटा विभाग गठन, उपसभापति, महामन्त्री, सहमहामन्त्री नियुक्ति सभापतिले गर्नुपर्ने व्यवस्था भए पनि दुई वर्षसम्म गर्न नसकेको सिंहको भनाई छ ।

“केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठान उपसभापतिको संयोजकमा हुनुपर्छ । अरु महतवपूर्ण बडि र संरचनाहरु छैन । पार्टी गतिशिल भएको भए निर्वाचनमा यो हार हुँदैनथ्यो ।” सिंहले भने ।

देउवाले पार्टी राम्रोसँग चलाउन नसकेको बताउँदै सिंहले सरकारमा गएपछि पनि जनभावनाअनुसारका कार्यक्रम दिन नसकेको आरोप लगाए । पार्टीलाई विगतको जस्तै लोकप्रिय बनाउनका लागि नेतृत्व परिवर्तनको जरुरी भएको उनको भनाई छ ।

यसपटकको संसदीय दलको नेतामा आफुले जित्ने दाबीसमेत सिंहले गरेका छन् ।

“राम्ररी ख्याल गर्नुस्, म नेपाली कांग्रेसको कुनै पनि आन्तरिक निर्वाचनमा हारेका छैन । संसदीय दलको चुनावमा पनि सबैको मन जितेर अगाडि बढ्न सक्छु ।” सिंहको दाबी छ ।-रिपोर्टर्स नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !