
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका बरिष्ठ नेता माधव नेपालकाे ढाडमा टेकेर प्रधानमन्त्री केपी शर्मा ओलीकाे टाउकामा हान्ने डेढबर्ष लामाे काेशिस कामै नलागेको टिप्पणी गरेका छन् ।
आज बिहान सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले प्रधानमन्त्री ओलीलाई हटाउन नसकेकोले पुष्पकमल दाहाल डफ्फा मर्माहत बनेको आरोप लगाएका छन् ।
साथै उनले कम्युनिष्ट सरकार फाली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई शिरमा बाेकेर जग हँसाउन नपाएकोमा दिल निशानीले सालीका ससुराबाकाे पीडा पोख्दै राेदन गरेको व्यंग गरेका छन् ।
उनले लेखेका छन्, ‘पुष्पकमल दाहाल डफ्फा मर्माहत बनेछ!माधव नेपालकाे ढाडमा टेकेर प्रधानमन्त्री ओलीकाे टाउकामा हान्ने डेढबर्ष लामाे काेशिस कामै लागेन।कम्युनिस्ट सरकार फाली देउवालाई शिरमा बाेकेर जग हँसाउन पाइएन,अनि निशानीले सालीका ससुराबाकाे पीडा पाेखेछन्, राेदन राताेपाटीमा नि छ!’
पुष्पकमल दाहाल डफ्फा मर्माहत बनेछ!माधव नेपालकाे ढाडमा टेकेर प्रधानमन्त्री ओलीकाे टाउकामा हान्ने डेढबर्ष लामाे काेशिस कामै लागेन।कम्युनिस्ट सरकार फाली देउवालाई शिरमा बाेकेर जग हँसाउन पाइएन,अनि निशानीले सालीका ससुराबाकाे पीडा पाेखेछन्, राेदन राताेपाटीमा नि छ!https://t.co/1vGOlgxDG2
— Surya Thapa (@ThapajiSurya) May 15, 2021