४ जेष्ठ २०८१, शुक्रबार

एमाले, माओवादी र फोरमवीचको बैठक सकियो, भोली फेरि बस्ने


नारायणकाजी श्रेष्ठ

१६ फागुन, काठमाण्डौ । सत्तारुढ एमाले-माओवादी केन्द्र र संघीय समाजवादी फोरमसँग छलफल सकिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार साँझ बसेको बैठकमा सरकार विस्तार र संविधान संशोधन बारे छलफल भएको बैठकमा सहभागी एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीले संघीय समाजवादी फोरम नेपालले संविधान संशोधनमा एमाले र माओवादीले प्रतिवद्धता जनाए आफू सरकारमा सहभागी हुने कुरा राखेको बताए ।

उनले छलफल सकरात्मक भएको र बिहीबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा फेरि बैठक बस्ने जानकारी दिए ।

आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने गरी सहमति गरिने वाम गठबन्धनका नेताहरुले बताएका छन् तर, मन्त्रालयबारे छलफल हुन बाँकी नै रहेकाले बैठक भोलिलाई सारिएको माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !