२ कार्तिक २०८१, शुक्रबार

रामकुमारी झाँक्रीले मन्त्री पद उपहार पाउने सम्भावना


रामकुमारी झाक्री

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्ति भएसंगै केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा छलफल जारी छ ।

ओलीले आफ्नो मन्त्रिमण्डलमा बरिष्ठ नेता माधव नेपाल समूहलाई पनि समेट्ने तयारी गरेका छन् । विशेष स्रोतका अनुसार नेकपा एमालेको नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई मन्त्री बनाउने तयारी छ । एक नेताका अनुसार झाँक्रीसंगै अन्य नेपाल समूहका नेताहरुलाई मन्त्री बनाउने ओलीको तयारी छ ।

एमालेको माधव नेपाल समूहकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना अध्यक्ष केपी ओलीसँग झुक्न नहुने बताएकी छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नु हुँदैन भन्दै आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ भनेर ओलीलाई कटाक्ष समेत गरेकी छन् ।

यस्तै उनले जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिद्रोह बिकल्प भएको भन्दै हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्ने भएकोले सचेत बन्न नेपाललाई आग्रह गरेकी छन् । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच पार्टी एकताको पक्षमा वार्ता जारी रहिरहेका बेला नेपाल समूहकी नेतृ झाँक्री यस्तो प्रतिक्रिया आएको थियो ।

यस्तो छ हिजो उनले ट्वीटरमा पोष्ट गरेको ट्वीट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !