काठमाडौँ । नेकपा एमालेकी नेत्री शान्ता चौधरी पार्टीका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता अधव नेपालवीच पार्टी एकता जोघाउन सहमति भएपछि खुशी हुँदै आफ्नो प्रतिक्रिया दिएकी छन् ।
सामाजिक संजाल ट्वीटरमा उनले लेख्दै उनले नेकपा (एमाले) को आन्तरिक एकताप्रति कटिबद्ध भएको खबरले सबैलाई खुसी बनाएको बताएकी छन् । उनले हामी सबैलाई बधाई छ भन्दैआउँदा दिनमा सबैले जिम्मेबारी बोध गर्दै देश कोरोना महामारीले आक्रान्त भएको अहिलेको अबस्थामा अब सबै एकजुट भएर महामारीबिरुद्ध लड्नु अहिलेको मुख्य काम भएको स्पष्ट पारेकी छन् ।
उनले शीर्ष नेताहरुको सुझबुझ र दोश्रो नेताहरुको अनबरत प्रयत्नबाट आज यो सफलता हात लागेको भन्दै अब एकताबाट दायां-बायाँ हुने काम कहि कतैबाट नहोस भन्दै यो देश र जनताको भविष्यसंग गाँसिएको बिषय भएको धारणा व्यक्त गरेकी छन् ।
शिर्ष नेताहरुको सुझबुझ र दोश्रो नेताहरुको अनबरत प्रयत्न बाट आज यो सफलता हात लागेको छ। अब एकता बाट दाया बाया हुने काम कहि कतै बाट नहोस, यो देश र जनता को भबिस्य संग गासिएको बिषय हो। हामि सबै लाइ बधाई छ ।
— Shanta Chaudhary (@shantadangnepal) May 13, 2021
हाम्रो पार्टी नेकपा (एमाले) आन्तरिक एकता प्रति कटिबद्ध भएको खबरले हामि सबै लाइ खुसि बनाएको छ। हामि सबै लाइ बधाई छ र आउदा दिनमा सबैले जिम्मेबारी बोध गर्दै देश कोरोना महामारीले आक्रान्त भएको अहिलेको अबस्थामा अब सबै एकजुट भएर महामारी बिरुद्ध लड्नु अहिलेको मुख्य काम हो।
— Shanta Chaudhary (@shantadangnepal) May 13, 2021