१२ आश्विन २०८१, शनिबार

बाबुरामले भने, ‘नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भए’


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग मिलेर नयाँ बहुमतको सरकारको लागि माग दावी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोशित भएका छन् ।

सामाजिक संजाल ट्वीटरमा केहि समयअघि पोष्ट गर्दै भट्टराईले जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको भन्दै दु:ख व्यक्त समेत गरेका छन् ।

उनले सिद्धान्तहीनता, खुराफात, किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएको आरोप लगाएका छन् । उनले अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्ने बताउदै सबैले आत्मसमीक्षा गर्न आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन्।अदालत,संसद,मिडिया,आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं!’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !