८ बैशाख २०८१, शनिबार

बहुमतीय सरकार बन्ने सम्भावना न्यून : बुढानिलकण्ठबाट प्रचण्ड निराश भएर फर्किए


प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच देउवा निवास बूढानीलकण्ठमा भएको छलफल सकिएको छ । बहुमतीय सरकार नबन्ने पक्का भएपछि प्रचण्ड निराश भएर बूढानीलकण्ठवाट फर्किएका छन् ।

तर स्रोतका अनुसार देउवा र प्रचण्डबीच समयमै बहुमतको सरकारको दावी लिएर शीतलनिवास जाने सहमति भएको छ । विपक्षी गठबन्धनमा अहिलेसम्म बुहमत देखिएको छैन ।

यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज राति ९ बजे सकिँदैछ ।

संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा दलको समर्थनमा सरकार गठन गर्न तम्सिएका देउवा र दाहाल बहुमत नपुग्ने भएपछि निराश भएर बाहिरएका हुन् । जसपाको महन्थ ठाकुर पक्षलाई अनेक प्रयत्न गर्दा पनि विश्वासमा लिन नसकेपछि कांग्रेस, माओवादी र जसापको उपेन्द्र यादव पक्षमा जम्मा १२४ जना मात्रै सांसद हुने भएका छन् ।

बहुमतका लागि १३६ जना चाहिने भए पनि ठाकुरले आफूनिकट १६ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेपछि ७६ (२) अनुसारको सरकार बनाउने देउवा दाहालको योजना विफल भएको हो ।

यता जसपाका अध्यक्ष महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले आफ्ना सांसदलाई भक्तपुरको एक रिसोर्टमा पुर्‍याएको छ । नयाँ सरकार गठनको लागि बिपक्षी दलहरुले जोडबल गर्नुका साथै जसपाकै उपेंन्द्र यादव पक्षले सांसदलाई हस्ताक्षर गर्न दवाव दिएकोले ठाकुरले आफ्ना पक्षका सांसदलाई रिसोर्ट पुर्याएका हुन्।

प्रधानमन्त्री समेत रहेका नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले बरिष्ठ नेता माधव नेपालवीच बूढानीलकण्ठ, चपली हाइटस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा वार्ता जारी रहेको छ ।

एमालेको माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर तत्काल कायम रहेको संख्या घटाउन आशमा रहेपछि उक्त समूहको राजीनामा समेत अनिश्चित बनेको छ । नेपाल पक्षलाई राजीनामाबाट रोक्ने अध्यक्ष ओलीले प्रयत्न गरिरहेको र राजीनामाको विषयमा नेपाल समूहभित्र मतभेद रहेको छ ।

नयाँ सरकार गठनको लागि बिपक्षी दलहरुले जोडबल गरिरहेका छन् भने भने नेकपाको ओली समूह नयाँ सरकार बनाउन लागेका दलहरुको प्रयास असफल बनाउन खोजिरहेको छ । यसबीच विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको बाक्लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !