१२ आश्विन २०८१, शनिबार

महन्थ ठाकुरलाई प्रधानमन्त्रीको उपहार, राष्ट्रपति, प्रधानमन्त्री हुँदै बाबुराम निवास पुगे ठाकुर


महन्थ ठाकुर र डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीभित्रको आन्तरिक झगडा मिल्न सक्ने संकेत देखिएको छ। आज एक्कासी पार्टीका अध्यक्ष संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

विशेष स्रोतका अनुसार डा. भट्टराईको निवासमा दुई नेताबीच भेटघाट भएको हो । वैकल्पिक सरकारको नेतृत्व जसपाले नै लिनेगरि दुई नेताबीच छलफल सुरु भएको हो ।

डा. भट्टराईले वर्तमान र पूर्व प्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव अघि सारेपछि ठाकुर सरकारका नेतृत्व लिनेगरि हौसिएका छन् । एक नेताका अनुसार ठाकुरलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने भएको छ। ठाकुरले यसपछि राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत भेट गरिसकेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !