
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने थाहा हुँदाहुँदै पनि विश्वासको मत मागेको व्यंग गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज वैशाख २७ गतेका लागि आह्वान गरेको संसद्को विशेष बैठकमा बोल्दै देउवाले सो कुरा बताएका छन् । देउवाले भने, ‘आज प्रधानमन्त्री केपी ओलीजीले विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदा पाउँदै पनि विश्वासको मत माग्नुभएको छ ।’