१९ असार २०८१, बुधबार

प्रधानमन्त्री ओलीले भने, ‘सरकारमाथि विश्वास नगर्नुपर्ने कारणै छैन’


प्रधानमन्त्री ओलीले संसद फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि विश्वास नगर्नुपर्ने कारणै नभएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज वैशाख २७ गतेका लागि आह्वान गरेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मत माग्दै उनले सरकारले गरेका कामको फेहरिस्त राख्दै अविश्वास राख्ने कारण नभएको बताएका छन् ।

उनले संविधानको स्वीकार्यता, हिंसामा लागेकालाई शान्तिपूर्ण बाटोमा ल्याएका लगायतका कुरा राख्दै सरकारलाई अविश्वास गर्नुपर्ने कारण नभएको बताएका हुन् । विगतमा संविधानको स्वीकार्यता, सर्वग्राहयता प्रश्न उठ्ने गरेको तर अहिले आएर त्यो अवस्थाको अन्त्य आफ्नो सरकारले गरेको ओलीको भनाइ थियो ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सुन्न सकिने बनाइएको भन्दै ओलीले सरकारलाई कुनै पनि क्षेत्रमा विश्वास नगर्नुपर्ने कारण नरहेको बताए । संविधान संशोधन गर्नका लागि कार्यदल गठन गर्न सकिने पनि ओलीको भनाइ थियो ।

ओलीले पूराना अपराधका दोषीलाई कारबाहि गरिएको भन्दै उनले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । केही योजनामा सफलता मिल्न ढिलाइ हुँदा बढाइचढाइ गरेर सरकारको विरुद्धमा प्रचा गरिएका ओलीको भनाइ थियो ।

राजनीतिक खिचातानीका विषय आफूले राख्न नचाहेको पनि ओलीको भनाइ थियो । पार्टी कहिले विभाजन होला भनेर तान्ने र ठोक्ने काम भएको पनि उनले बताए । उनले मेलम्चीको पानी काठमाडौं ल्याउने काम गरेकोदेखि धरहरा, रानीपोखरी र बसन्तुपरको पुनर्निर्माण गरेको र दैनिक ६ किलोमिटर बाटो पिच गरिएको पनि दावी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका पक्षमा विश्वासको मत मागेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले सत्यलाई पच्छ्याए वर्तमान सरकारलाई अविश्वास गनुपर्ने कुनै कारण नभएको बताए । सरकारले सुशासनका पक्षमा समेत राम्रो काम गरेको ओलीको दावी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !