१२ असार २०८१, बुधबार

संसद बैठकमा प्रधानमन्त्री ओलीद्वारा विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत


केपी शर्मा ओली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज वैशाख २७ गतेका लागि आह्वान गरेको संसद्‍को विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्ताव पेश गरेका छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम प्रधानमन्त्री ओलीले आफूमाथि विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि आज दिउसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !