१९ असार २०८१, बुधबार

विश्वासको मत नपाउने भएपछि आत्तिए ओली : हतारमा राजीनामा नदिन गरे आग्रह


केपी शर्मा ओली

काठमाडौँ । अन्तत: आफूले संसदवाट विश्वासको मत नपाएर आफ्नो नेतृत्वको सरकार ढल्ने भएपछि प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएका छन् ।

सामाजिक संजाल ट्वीटरमा केहि समय अघि दुई वटा पोष्ट गर्दै उनले माधव नेपाल समूहलाई हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा सबै माननीयहरूको ध्यानाकर्षण गराएका छन् ।

उनले पार्टीमा केही समस्या भए सँगै बसेर छलफल गरी समाधान गर्न आग्रह समेत गरेका छन् । उनले यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने स्पष्ट पारेका छन् ।

उनले एमाले संसदीय दलका सबै माननीय सदस्यहरूलाई प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्ने प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको समेत अवगत गराएका छन् ।

 

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !