७ मंसिर २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा तेजाब र संवैधानिक परिषद्सहित ७ अध्यादेश जारी


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लगायत सात अध्यादेश जारी गरेकी छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ती अध्यादेशमा संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी) पहिलो संशोधन, यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने, औषधि (तेस्रो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ छन् ।

संसद्को गत अधिवेशनमा पेश भएका ती अध्यादेश कार्यसूचीमा परे पनि छलफल हुन नसकेपछि सरकारले पुनः अध्यादेश ल्याएको हो । अध्यादेश जारी भएको मितिले ६ महिनाभित्र संसद्बाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपतिद्वारा एकैदिन ७ अध्यादेश जारी : विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश दोस्रो पटक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !