१२ असार २०८१, बुधबार

कांग्रेसले बनायाे तीन सदस्यीय समिति


Nepali-congress-Centre-office-Sanepa

१३ फागुन, ललितपुर । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले नेता चिनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

चीनकाजी श्रेष्ठ संयोजक रहेको समितिको सदस्यमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दाम्बे छन् । आजको बैठकले संसदीय दलको निर्वाचनको मिति तय गर्ने भनिए पनि मिति भने तोक्न सकेन ।

यही फागनु २१ गते संघीय संसद्को बैठक बस्न लागेकाले त्यसअघि संसदीय दलको नेता चयन गरिसक्न कांग्रेस लागेको हो । दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह प्रतिस्पर्धामा उत्रने तयारीमा छन् ।

बैठकले पार्टीको संसदीय दलको विधान पनि अनुमोदन गरेको छ । कांग्रेसवाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको हिजो बसेको संयुक्त बैठकले कांग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन समीक्षाका लागि छिट्टै अर्को बैठक बोलाउने कांग्रेसले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !