७ मंसिर २०८१, शुक्रबार

लुम्बिनीमा बिपक्षी सांसद र प्रहरीबीच झडप, केही सांसद घाइते


झडप फाइल फोटो

बुटवल । लुम्बिनी प्रदेशको प्रदेश प्रमुखको कार्यालय परिसरमा बिपक्षी दलका सांसद र प्रहरीबीच झडप भएको छ । अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेललाई शपथ नखुवाउन माग गर्दै एमाले बाहेकका अन्य दलका सांसदहरु दिउँसोदेखि नै प्रदेश प्रमुखको कार्यालयअघि धर्ना दिएका थिए ।

मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउन भन्दै निस्कन लागेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बिपक्षी दलका सांसदहरुले घेरा हालेर छेकेपछि प्रहरीले बल प्रयोग गरेपछि केहि सांसदहरु घाइते भएका हुन् ।

यादव उक्त घेरा पार गरेर मुख्यमन्त्रीको कार्यकक्षमा नै पुगेर पुन:नियुक्ति पाएका पोखरेललाई पद तथा गोपनीयताको सपथ सपथग्रहण गराएका गराई सकेका छन् । सांसदहरूले प्रहरीले दमन गरेकाे भन्दै नाराबाजी गरेका थिए ।

प्रदेश प्रमुख बाहिर जाने बेलामा महिला प्रहरी पठाउनुस् भन्दा भन्दै डिआइजी आएर आफूमाथि आक्रमण गरेको कांग्रेस सचेतक निर्मला क्षेत्रीले बताइन् । न्यायको लागि कहाँ जानुपर्छ आफू जान तयार रहेको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !