११ पुस २०८१, बिहीबार

भोलि राति १२ बजेदेखि आन्तरिक उडान र २२ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने


मन्त्रिपरिषद् बैठक

काठमाडौं । नेपाल सरकारले भोलि सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारत लगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ ।

आज आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बढ्दो कोभिड संक्रमण रोकथामका लागि भोलि वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । काेभिड-१९ संक्रमणको जोखिम कम गर्न आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान बन्द गर्न निर्णय गरेको हो ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । यस्तै भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।

हाललाई दुवै उडान वैशाख मसान्तसम्म बन्द हुने बताइएको छ भने राष्ट्रिय अन्तर्राष्ट्रिय चार्टर्ड उडानलाई अनुमति दिइने पनि उल्लेख छ । हाल अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने व्यक्तिले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !