१५ असार २०८१, शनिबार

स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री ओली पुगे राष्ट्रपतिलाई भेट्न शितलनिवास


केपी ओली र विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । आइतबार ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् ।

लुम्बिनी प्रदेशको राजनीति तातिरहेको बेला एमाले अध्यक्षसमेत रहेका ओलीले आइतबार बैठक बोलाएका हुन् । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता चलिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !