१५ बैशाख २०८१, शनिबार

कोरोना लडाईमा ‘हामी सक्दैनौँ´ भन्दै ओली सरकारले हार खाएपछि गगन थापाले गरे यतिसम्मको ‘गाली’


गगन थापा फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना संक्रमणको जुन भयावह अवस्थामा सरकार एक्लैले यसको सामना गर्न नसक्ने बताएका छन् । पुर्वमन्त्री समेत रहेका थापाले सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्न पर्ने बताएका छन् ।

थापाले तर प्रधानमन्त्रीज्यू यो लडाइमा ‘हामी सक्दैनौँ´ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने आपत्तिजनक रहेको बताएका छन्। थापाले कठिन छ,तर अझै हामीसंग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ रहेको बताएका छन् ।

सामाजिक संजालमा एक स्टाटस लेख्दै कोरोना नियन्त्रण गरको लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनपर्ने र प्रधानमन्त्रीलाई हामी साथ दिन तयार रहेको बताएका छन्। थापाले अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लन आग्रह गरेका छन् ।

थापाले लेखेका छन्, “कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ,निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन।सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्छ।तर प्रधानमन्त्रीज्यू यो लडाइमा ‘हामी सक्दैनौँ´ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने! आपत्तिजनक छ !कठिन छ,तर अझै हामीसंग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ।त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ।प्रधानमन्त्रीज्यू,हामी साथ दिन तयार छौँ,कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !