१२ फागुन, सुर्खेत । प्रदेश नम्बर ६ को नामाकरण र स्थायी राजधानीका लागि ‘भेरी-कर्णाली’ र ‘कर्णाली’ गरी दुईवटा प्रस्ताव गरिएको छ । यसैगरी राजधानीका लागि सुर्खेत र जुम्ला प्रस्तावित छ ।
संविधानले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने अधिकार सम्वन्धित प्रदेशसभालाई नै दिएको छ । प्रदेश ६ को अस्थायी राजधानी सरकारले सुर्खेत तोकिदिएको छ भने नाम राखिएको छैन ।शनिबार बस्ने प्रदेशसभाको चौथो बैठकमा प्रदेशको स्थायी राजधानी र नामबारे छलफल हुने उपसभामुख पुष्पा घर्तीले जानकारी दिइन् । बैठक दिउँसो एक बजे बस्ने छ ।