५ जेष्ठ २०८१, शनिबार

एमाले-माओवादीवीच भागवण्डा, राष्ट्रपति एमाले र सभामुख माओवादी


amale and mayobadi

११ फागुन, काठमाण्डौ । एमाले र माओवादी केन्द्रवीच राष्ट्रपति, सभामुखलगायतका राजकीय पदको भागवण्डा मिलेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग पछिल्लो भएको प्रचण्डको भेटमा मन्त्रालयसँगै राजकीय पदको भागवण्डा लगभग टुंगिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

नेताहरुका अनुसार राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ भने माओवादीले उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्ष लिनेछ ।
मधेसी दलहरुलाई पनि सरकारमा सामेल गराउने प्रयास भइरहेकाले उनीहरुसँग सहमति भएको अवस्थामा केही हेरफेर हुन सक्ने नेताहरु बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !