१९ असार २०८१, बुधबार

मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री ओलीलाई


kepi oli

११ फागुन, काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीवाट मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टीवाट सरकारमा सहभागी हुने नेताको टुंगो लागउने जिम्मा प्रधानमन्त्री समेत ओलीलाई दिने निर्णय गरेको सचिव एवं प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले नेताहरूको योग्यता, क्षमता हेरेर मन्त्री चयन गर्ने सचिव भट्टराईले बताए । मन्त्री छान्नका लागि प्रधानमन्त्रीले अन्य नेताहरूसँग पनि परामर्श गर्ने बताइएको छ ।

एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री ओलीले शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्नेगरी काम गरिरहेको तर यसमा केही दिन लाग्ने सम्भावना पनि रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !