१४ आश्विन २०८१, सोमबार

‘भेडा भेडासंग बाख्रा बाख्रासंग’ हुनु राम्रो कुरा हो’ : बाबुराम भटराई


Dr-Baburam-Bhattarai

८ फागुन, काठमाण्डौ । एमाले–माओवादी अन्ततः पार्टी एकता गर्न सहमत भएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच भएको ‘वान टु वान’ वार्तामा पार्टी एकताको सहमति जुटेको हो ।

दुई दलवीच पार्टी एकता गर्ने सहमति भए पनि वैचारिक, सैद्धान्तिक तथा पदीय भागबण्डा कसरी मिलाइयो भन्नेबारे केही बताइएको छैन, तर एतिबेला एमाले–माओवादी एकता प्रति सबैले आ-आफ्नै तरिकाले छुटै विश्लेषण गरिरहेका छन् । तेसै गरि यतिबेला डा. बाबुराम भटराई पनि गठबन्धन प्रति निकै व्यंग गर्दै आएका छन् । हेरुम उनका ट्वीट जस्ताको तस्तै

एमाले-एके एकताप्रक्रिया औपचारिक रूपले अघि बढेकोमा हार्दिक वधाइ तथा शुभकामना ! राजनीतिमा पनि ‘ भेडा भेडासंग बाख्रा बाख्रासंग’ हुनु राम्रो कुरा हो।
यसवाट अब नेपाली जनतालाई विचार/नीति/कार्यक्रम/कार्यशैली एउटै भएका तर ब्राण्ड नाउँ मात्रै फरक भएका पार्टीहरूको भ्रमवाट मुक्त हुन धेरै सजिलो हुनेछ !
साथै अब देशमा दोश्रो विश्वदुद्ध पछिको शितयुद्धकालीन दुइध्रुवीय परिवेशमा जन्मेर हुर्केका परम्परागत उदारवादी लोकतन्त्रको पक्षधर कांग्रेस र स्टालिनवादी राज्य- समाजवाद पक्षधर कम्युनिष्ट ध्रुवको विकल्पमा एक्काइसौं शताब्दी र चौथो औद्योगिक क्रान्तिको विश्वसन्दर्भ र भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको तथा क्रोनि क्यापिटालिज्म ( आसेपासे पुँजीवाद ) को दुष्चक्रमा फस्न थालेको नेपालको विशिष्ठ परिस्थिति अनुकुलको समावेसी/समानुपातिक/सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद वा नयाँ समाजवादको तेश्रो धार निर्माण गर्न मदत पुग्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !