१४ आश्विन २०८१, सोमबार

प्रहरी हस्तक्षेपवाट विप्लवका दुई केन्द्रीय सदस्य सहित ३६ बढी कार्यकर्ता पक्राउ


६ फागुन, सुनसरी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई केन्द्रीय नेतासहित ३५ भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । विराटनगरमा आयोजित पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वंयसेवकको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नेता कार्यकता पक्राउ परेपछि कार्यक्रम विथोलिएको छ ।

उनीहरुलाई विराटनगरको राजवंशी चोक, संसारीमाई लगायतका स्थानवाट पक्राउ गरेको हो । पार्टीका केन्द्रीय नेताहरु हेमन्तप्रकाश वली र पूर्वराज्यमन्त्री पदम राईसहित ३५ भन्दा बढी नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । विराटनगरको संसारीमाई स्थानवाट कार्यक्रममा सहभागी हुन आएका विप्लवका कार्यकर्तालाई पनि कार्यक्रमस्थलवाट प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीका मोरङ सेक्रेटरी युगेनले जानकारी दिए ।

उनका अनुसार सोधपुछ गर्न छ भनी कार्यक्रमस्थलवाट एउटा गाडी र तीन दर्जन वढी कार्याकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसैगरी कार्यक्रममा सहभागी हुने आउने क्रममा जिल्लाका विभिन्न्ा स्थान कानेपोखरी, वेलवारी, केराबारी विराटनगरको राजवंशी चोक, सुनसरीको इनरुवा लगायतका स्थानवाट प्रहरीले १० वटा गाडी र त्यहाँ रहेका नेकपाका कार्यकर्तालाई पक्राउ गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !