काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले भेटेका छन् । ओलीलाई भेट्न नेत्रविक्रम र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए ।
भेटमा सरकारसँग भएको समझदारी अनुसार बन्दीको रिहाइ नभएको गुनासो पोखेको स्रोतले बतायो । प्रधानमन्त्री ओलीले केही कानूनी प्रक्रिया पूरा गरेर कैदीबन्दी रिहाइको प्रक्रिया सुरु हुने जवाफ विप्लवलाई दिएको स्रोतको भनाइ छ ।