३ फाल्गुन २०८२, आइतबार

सांसद नै नभएका लेखराज भट्टसहित ४ नेता मन्त्री बनेपछि भीम रावलले दिए कडा प्रतिक्रिया


भीम रावल

काठमाडौं। नेकपा एमालेद्वारा निलम्वित नेता भीम रावलले पुनर्नियुक्ति पाएका ४ मन्त्रीमाथि ठुलो आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोप बहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकास मन्त्रीमा प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरी पुनर्नियुक्ति भएपछि रावलले पदलोलुपहरू भन्दै आरोप लगाएका छन्।

सामाजिक संजाल ट्वीटरमा लेख्दै नेता रावलले भनेका छन्, “प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक प्रमाणित हुँदा पनि कुनै दायित्व नलिने,पार्टीको विधान, पद्धति र प्रक्रिया मिचेर पार्टी प्रणाली मानेको स्वाँग गर्ने, संसद सदस्य नभएर पनि मन्त्री पदमा टाँसिएका पदलोलुपहरूको झुण्ड बोकेर देशको मर्यादामा आघात गर्ने चरित्र नै आज देशको समस्या हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !