१९ असार २०८१, बुधबार

प्रधानमन्त्री ओलीको घोषणा : दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने


ke

३ फागुन, काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले २ वर्षभित्र संघीय संसदको आफ्नै भवन निर्माण गर्ने पनि घोषणा गरेका छन् ।

तत्कालै निर्माण सुरु गरी संघीय संसद भवन दुईवर्षभित्र पूरा गर्ने उनले बताएका हुन् । त्यस्तै भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता हुने भन्दै भ्रष्टाचारमा शून्य सहनशीलता ब्यवहारमा नै लागू गर्ने बताए ।‘भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने कुरा मात्रै होइन कार्यान्वयन गर्ने हो’ उनले भने ‘भ्रष्टाचारमा भेदभाव र संरक्षणको कुनै कुरा हुन सक्दैन, भ्रष्टाचार नियन्त्रण मेरो उद्देश्य हुनेछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !