१३ असार २०८१, बिहिबार

डा. बाबुराम भट्टराईले लेखे यस्तो भावुक स्टाटस


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे । वैदेशिक रोजगारीका क्रममा निधन भएपछि श्रद्धाञ्जली दिन र परिवारका सदस्यहरूलाई भेट्न भट्टराई विमानस्थल पुगेका हुन्।

भट्टराईले विमानस्थलमा पुगेपछि लेखेका छन्, “कस्तो दु:खद अवस्था! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो!तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आॅसु थामिन्थ्यो र!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !