७ मंसिर २०८१, शुक्रबार

माधव नेपाल भन्छन्, ‘केपी ओली गुटको पर्याय हुन्’


माधव नेपाल फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत भएका नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली भनेको गुटको पर्याय रहेको बताएका छन् । नेता नेपालले प्रधानमन्त्री ओली पार्टीभित्रको समस्या र आफू समस्याको समाधान समेत भएको पनि दावी समेत गरेका हुन् ।

युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता नेपालले केपी ओली पार्टीभित्रको समस्या भएको तर आफू समाधान भएकाले केपी ओली एण्ड कम्पनीले आफूलाई गरेको कारबाहीको अर्थ नभएको प्रतिक्रिया दिएका छन् ।

नेता नेपालले भने, ‘केपी ओली त केही पनि होइनन् । न आन्दोलन न संगठन । केपी ओली भनेको गुटको अर्को नाम मात्र हो । माधव नेपाल समाधान हो ।’ नेता नेपालले आफू लोकतन्त्रको मूल्य मान्यताका लागि कटिबद्ध रहेको बताउदै जनताको मुक्तिका लागि आफूहरु निरन्तर लागिपर्ने पनि बताए ।

नेपालले ओलीसँगको सहकार्यमा सानो आशाको त्यन्द्रो रहेको बताउदै यदि ओली २०७५ जेठभन्दा पहिलेको बिन्दुमा आए अनि फागुन २८ को अवैधानिक कदमलाई फिर्ता लिए ओलीसँग सहकार्यको हुनसक्ने पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !