३१ भाद्र २०८१, सोमबार

सरकार र थरुहट संघर्ष समिति वीचको वार्ता सिंहदरबारमा जारी


सरकार र थरुहट संघर्ष समिति वीचको वार्ता सिंहदरबारमा जारी

काठमाडौं । नेपाल सरकार र आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट र थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समिति वीचको औपचारिक वार्ता सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी रहेको छ । बार्तामा सरकारी बार्ता टोलीको नेतृत्व वार्ता टोली संयोजक समेत रहेका गृहमन्त्री रामवहादुर थापा (बादल) ले गरेका छन् भने आन्दोलनकारीका तर्फबाट रुक्मणी चौधरीले नेतृत्व गरेकी छिन् ।

सरकारले सोमबार मात्रै वार्ताका लागि गृहमन्त्रीको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी रहेको वार्ता टोली गठन गरेको सार्वजनिक गरेको थियो । थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी र प्रभात चौधरी रहेको वार्ता टोली रहेको छ ।

टिकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायत माथि लगाईएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा थिए ।

सरकार थारुहटका माग सम्वोधन गर्न लचिलो बनेपछि वार्ता टोली दुवै पक्षले बनाई बार्ताको वातावरण निर्माण भएको हो ।सरकारले हिँजाेमात्रै पत्रकार सम्मेलन गरि वार्ता टाेली गठन भएकाेे जानकारी दिएकाे थियाे ।

यो पनि पढ्नुहोस्

गृहमन्त्रीको नेतृत्वमा थरुहट आन्दोलनकारीसँग वार्ता गर्न सरकारी टोली गठन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !