३ मंसिर २०८१, सोमबार

पार्टी एकतामा विचार र संगठनका राँटा मिलाउन बाँकी छ : एमाले महासचिव पोखरेल


Ishwor_pokharel

२९ माघ, काठमाण्डौ । नेकपा एमाले र माओवादीवीच पार्टी एकतामा विचार, सिद्धान्त र संगठात्मक संरचनाका राँटा मिलाउने चरणमा रहेको एमाले महासचिव ईश्वर पोखरेलले बताएका छन् ।

एमाले सम्बद्ध निर्माण व्यवसायी संगठनको काठमाडौंमा जारी महाधिवेशन उद्घाटन गर्दै पार्टी एकता संयोजन समिति सदस्य समेत रहेका महासचिव पोखरेलले भने ‘संगठनात्मक मामिलामा साझा फुटिङ गर्नुछ । संगठनात्मक एकताको सन्दर्भमा पनि साझा धारणा बनाउन बाँकी छ । दुवै पार्टी तलदेखि माथिसम्म भोलि एकीकृत ढंगले कुन विचार र संगठनात्मक ढाँचामा निर्देशित हुन्छौं भन्ने कुरामा केही राँटा छन् । ती मिलाउने क्रममा अहिले हामी छौं ।’

पोखरेलले माओवादी केन्द्रको ४ हजार सदस्यीय केन्द्रीय कमिटी र एमालेको २ सय सदस्यीय केन्द्र कमिटी रहेको भन्दै संगठनको एकीकरण कसरी गर्ने भन्नेमा छलफल चलिरहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !