१२ आश्विन २०८१, शनिबार

ओलीलाई घनश्यामको ११ पन्ने स्पष्टीकरण : कसका लागि पार्टी फटाउँदै हुनुहुन्छ ? (पूर्णपाठ)

घनश्याम भुसाल भन्छन्, 'क्रान्ति अघि बढ्छ, तपाईं दण्डित हुनुहुनेछ'


केपी ओली र घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता धनश्याम भुसालले पार्टीले सोधेको स्पष्टीकरणको ११ पन्ने जवाफ बुझाएका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कसका बलमा, कसका लागि पार्टी फटाउँदै हुनुहुन्छ ? भनेर प्रतिप्रश्न समेत गरेका छन् ।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै भुसालले पार्टी अध्यक्षकै कारण पार्टी विभाजन हुन् लागेको आरोप समेत लगाएका छन् । यस्तै नेता भुसालले ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्युँझन समेत आग्रह गरेका छन् ।

नेता भुसालले दोस्रो पटकको ताकेतापछि पार्टीमा स्पष्टीकरण बुझाएका हुन् । त्यस्तै उनले आफूमाथि लगाइएका सबै आरोपहरु अस्वीकार गर्दै पार्टी एकता जोगाउन अन्तिमपटक अध्यक्ष ओलीलाई आग्रह गरेका छन् । भुसालले ओलीमा गम्भीर विचलन आएको र पार्टीलाई बन्धक बनाएर ओलीले सत्ता र शक्तिको भोग गरेको आरोप लगाएका छन् ।

यस्तो छ धनश्याम भुसालले बुझाएको स्पष्टीकरण पत्रको जवाफ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !