१२ आश्विन २०८१, शनिबार

काठमाडौँका धारामा मेलम्चीको पानी आएपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी आइसकेपछि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन् ।

आज सोमबार बिहान सामाजिक संजाल ट्वीटरमा लेख्दै बाबुरामले अन्तत:मेलम्चीको पानी काठमाण्डौका धारामा झर्नु खुशीको कुरा भएको बताउदै ५० बर्षदेखिको सपना २० बर्षको उतार-चढाव र ३०अर्ब खर्चपछि पूरा हुँदा सम्वन्धित सबैले जश-अपजश पाउने भन्दै त्यसमा माथापच्ची नगरौं भनेर आग्रह गरेका छन् ।

साथै उनले आफू प्रधानमन्त्री भएको समयमा घोषित १७ वटा राष्ट्रिय गौरवका परियोजनामध्ये अझै १६ वटा पूरा गर्न बाँकी भएको भन्दै ती पूरा गरौं, अनि हॅासौं भने लेखेका छन् ।

उनले लेखेका छन्, ‘अन्तत:मेलम्चीको पानी काठमाण्डौका धारामा झर्नु खुशीको कुरा हो!पचास बर्षदेखिको सपना २०बर्षको उतारचढाव र रू३०अर्ब खर्चपछि पूरा हॅुदा सम्बन्धित सबैले जश/अपजश पाउने नै छन्;त्यसमा माथापच्ची नगरौं!मेरो पालामा घोषित१७राष्ट्रिय गौरवका परियोजनामध्ये अझै१६बॅाकी छन्! ती पूरा गरौं,अनि हॅासौं!’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !