२० मंसिर २०८१, बिहीबार

निर्वाचन आयोगद्वारा आज राष्ट्रियसभा चुनावको परिणाम राष्ट्रपतिलाई बुझाउँदै


२८ माघ, काठमाण्डौ । आज निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति समक्ष बुझाउँदैछ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने तीनजना बाहेक अन्य ५६ जनाको नाम राष्ट्रपति समक्ष पेश गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रियसभाको निर्वाचनसँगै राजनीतिक दलले संघीय संसदमा पुर्याउनुपर्ने ३३ प्रतिशत महिलाको कोटा निर्धारण भइसकेकाले अब निर्वाचन परिणाम बुझाउन समस्या नरहेको आयोगले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !