१२ असार २०८१, बुधबार

गोकुल बास्कोटाले लेखे यस्तो मार्मिक स्टाटस


गोकुल बाँस्कोटा

काठमाडौं । एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको विधनप्रति हार्दिक श्रद्धान्जली दिएका छन्। बास्कोटाले जोशीको असामायिक निधन भएको खबर सुनेर दु:ख लागेको बताएका छन्।

उनले एक स्टाटस लेख्दै भनेका छन्, “नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधन भएको खबर सुनेर दु:ख लागेको छ। दिवंगत जोशी प्रति भावपूर्ण श्रद्धाञ्जलि । शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।”

नर्भिक अस्पताल स्रोतले दिएको जानकारी अनुसार आज राती ८:२४ बजे उनको निधन भएको हो । गत फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो । सोही दिन बिहान थप उपचारका लागि नर्भिक अस्पताल लगेर अति सघन कक्षमा १ महिनासम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

नर्भिक अस्पतालका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको थियो । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो । मस्तिष्कघातपछि अस्पताल पुर्‍याउँदा उनको टाउकोमा पानी जमेको पाइएको थियो । उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो ।

अस्पतालले जारी प्रेस विज्ञप्तिका अनुसार शुक्रबार विहानदेखि उनको मुटुले काम गर्न छोडेको बताएको छ । जोशीको उपचारमा सबै प्रयास जारी राखिएकै अवस्थामा निधन भएको अस्पतालले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

५७ वर्षको उमेरमा निधन भएका जोशी नेपाली काँग्रेस केन्द्रीय सदस्य, पूर्वसांसद र पूर्वमन्त्री समेत हुन् । उनी प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !