४ फाल्गुन २०८२, सोमबार

एकाबिहानै भावुक हुँदै शान्ता चौधरीले लेखिन् यस्तो स्टाटस


शान्ता चौधरी

काठमाडौं । एमालेकी नेत्री शान्ता चौधरीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको विधनप्रति हार्दिक श्रद्धान्जली दिएकी छन्। चौधरीले एक स्टाटस लेख्दै भनेकी छन्, “कांग्रेसका शालीन नेता नवीन्द्र राज जोशीको निधनको खबरले दुखित बनायो !वाहा प्रति भावपुर्ण श्रद्धाञ्जली ! परिवारजनमा गहिरो समवेदना !”

नर्भिक अस्पताल स्रोतले दिएको जानकारी अनुसार आज राती ८:२४ बजे उनको निधन भएको हो । गत फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो । सोही दिन बिहान थप उपचारका लागि नर्भिक अस्पताल लगेर अति सघन कक्षमा १ महिनासम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

नर्भिक अस्पतालका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको थियो । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो । मस्तिष्कघातपछि अस्पताल पुर्‍याउँदा उनको टाउकोमा पानी जमेको पाइएको थियो । उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो ।

अस्पतालले जारी प्रेस विज्ञप्तिका अनुसार शुक्रबार विहानदेखि उनको मुटुले काम गर्न छोडेको बताएको छ । जोशीको उपचारमा सबै प्रयास जारी राखिएकै अवस्थामा निधन भएको अस्पतालले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

५७ वर्षको उमेरमा निधन भएका जोशी नेपाली काँग्रेस केन्द्रीय सदस्य, पूर्वसांसद र पूर्वमन्त्री समेत हुन् । उनी प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !