७ असार २०८१, शुक्रबार

सूर्य थापा भन्छन्, ‘दु:खी आत्माहरूलाई आज पार्टी एकता चाहिएकाे रहेछ’


सूर्य थापा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दु:खी आत्माहरूलाई आज पार्टी एकता चाहिएकाे रहेछ भन्दै खनाल-नेपाल समूहको एमालेका नेताहरुलाई तीखो व्यंग प्रहार गरेका छन् ।

हिजो राती सामाजिक संजाल फेसबुकमा लेख्दै उनले पार्टी अध्यक्ष र प्रधानमन्त्री ओलीसहित हामी एक दर्जनमाथि कारबाहीकाे घाेषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा समवेत् श्वरमा श्वर मिलाउन तछाडमछाड गर्ने भ्रममा बाँच्न बाध्य अभिशप्त दु:खी आत्माहरू भनेर खनाल-नेपाल समूहको एमालेका नेताहरुलाई टिप्पणी गरेका हुन् ।

उनले प्रचण्ड र माधव नेपालका इमान्दार नाेकर बनेर पुस ५ गतेयता फागुन २३ गतेसम्म तिनीहरूले बास्तवमा के चाहिँ गर्न बाँकी ? भनेर प्रतिप्रश्न समेत गरेका छन् । काेही प्रदर्शनी मार्गमा चिच्याएका थिए भने कोही केपी शर्मा ओलीलाई बालुवाटारबाट ननिकालेसम्म विश्राम लिन्नाैं भनेको समेत तितो स्मरण गरेका छन् ।

यस्तो छ उनको फेसबुक स्टाट्स

‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित हामी एक दर्जनमाथि कारबाहीकाे घाेषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा समवेत् श्वरमा श्वर मिलाउन तछाडमछाड गर्ने भ्रममा बाँच्न अभिशप्त दु:खी आत्माहरूलाई पाे आज पार्टी एकता चाहिएकाे रहेछ ! प्रचण्ड र माधव नेपालका इमान्दार नाेकर बनेर पुस ५ गतेयता फागुन २३ गतेसम्म तिनीहरूले बास्तवमा केचाहिँ गर्न बाँकी ?
काेही प्रदर्शनी मार्गमा चिच्याए – केपी शर्मा ओलीलाई बालुवाटारबाट ननिकालेसम्म विश्राम लिन्नाैं !!
काेही कार्की बैक्वेटमा उफ्रिए- केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटायाैं !
माझण्ड गुटकाे मलामी बनेका जिउँदा लाशहरू कतिले पेरिसडाँडाबाट कथित निर्णय गरेकाे ऐलान नै गरे – ७ जनालाई पार्टीबाट नै हटायाैं !!!
विचराहरू –
तिनले के के गरेका थिए ?
१.प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष, संसदीय दलकाे नेता, पार्टी सदस्य र साधारण सदस्यबाट एक पटक मात्रै हाेइन, चार पटक निस्काशन गरे ।
२. महासचिव विष्णुप्रसाद पाैडेललाई दुई पटक निस्काशनकाे घाेषणा गरे ।
३. मुख्यमन्त्री शंकर पाेखरेललाई लुम्बिनी प्रदेश इन्चार्जबाट एकपटक निस्कासन गरे ।
४. मुख्मन्त्री पृथ्वीसुब्बा गुरूङलाई गण्डकी प्रदेश इन्चार्जबाट एक पटक निस्काशन गरे ।
५. सुवासचन्द्र नेम्वाङलाई संसदीय दलकाे उपनेताबाट एकपटक निस्काशन गरे ।
६. विशाल भट्टराईलाई संसदीय दलकाे प्रमुख सचेतकबाट निस्कासन एकपटक निस्काशन गरे ।
७. शान्ता चाैधरीलाई संसदीय दलकाे सचेतकबाट एकपटक निस्काशन गरे
८. प्रभु साहलाईलाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाकाे लागि निलम्बन गरे ।
९. कर्णबहादुर थापालाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाकाे लागि निलम्बन गरे ।
१०. गाेकुल बाँस्काेटालाई केन्द्रीय कमिटी सदस्यबाट निलम्बनकाे प्रस्ताव स्थायी कमिटीद्वारा पारित गरी कथित केन्द्रीय कमिटीमा प्रस्तुत गरे, तर उहाँ बुबाकाे किरियामा रहनुभएकाले विराेध भएर केन्द्रीय कमिटीबाट फिर्ता लिए ।
११. सूर्य थापालाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाकाे लागि निलम्बन गरे र
१२. महेश बस्नेतलाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाकाे लागि निलम्बन गरे ।
उल्लिखित कथित कारबाही पार्टी कब्जा गर्न गरिएको थियाे भन्ने स्पष्ट नै छ।
समयले अब त्यस्ताे निर्णय गर्नेहरू सायद जनकारबाहीमा पर्ने निश्चित भएकाे छ –
तैपनि तिनमा कुनै रियलाइजेसन छैन,
अझ उल्टै पार्टी एकताकाे राेइलाे पाे तिनकै पाे छ ?
खासमा पार्टी एकता भत्काउने र भाँड्ने काे थियाे ?
ऐनामा अनुहार हेर्नू पर्दैन ?
अनि,
निशर्त नेकपा (एमाले),
सूर्य चिन्ह,
र केन्द्रीय कमिटीले फागुन २८ गते र त्यस यता गरेका निर्णयहरू तथा केपी शर्मा ओलीकाे मियाेमा आबद्ध भएर अघि बढ्न तयार भई आए पाे स्वागत छ, अन्यथा किन -याई-याईं गर्ने ?
कमसेकम माधवकुमार नेपाल र भीमबहादुर रावल पिएचडीलाई छ/छ महिना पार्टी केन्द्रीय कमिटीकाे सदस्यबाट निलम्बन गरी देशव्यापी महान शुद्धीकरण अभियान अघि बढाउनुकाे कुनै अर्काे विकल्प छैन !
अनि बल्ल पार्टी अनुशासित, सबल र पार्टीजस्ताे हुन्छ !!
नत्र प्रचण्डसँगकाे अघाेषित कार्यगत एकता, हरेक दिनजस्ताे भेटघाट र साँठगाँठ किन चलिरहेकाे छ ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !