१३ असार २०८१, बिहिबार

डा. बाबुराम भट्टराईले लेखे यस्तो शंकास्पद स्टाटस


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संकास्पत स्टाटस लेखेका छन्। भट्टराईले ओली-नेपाल समूहलाई संकेत गर्दै ओली सरकारविरूद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दै गएको बताएका छ।

भट्टराईले एक स्टाटस लेख्दै सत्तासीन शक्तिविरूद्ध संघर्ष केन्द्रित गर्नु बहुदलीय लोकतन्त्रको सामान्य धर्म रहेको बताएका छन्। उले यो वा उ बहानामा भाग्ने गल्ती नगर्न समेत आग्रह गरेका छन्।

उनले लेखेका छन्, “पहले आप,पहले आप’ भन्दाभन्दै लखनौका नवावको गाडी छुट्थ्यो रे!विपक्षी दलहरूले एकअर्कालाई देखाएर ओली सरकारविरूद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दैछ!सत्तासीन शक्तिविरूद्ध संघर्ष केन्द्रित गर्नु बहुदलीय लोकतन्त्रको सामान्य धर्म हो!यो वा उ बहानामा भाग्ने गल्ती नगरौं!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !