१४ आश्विन २०८१, सोमबार

प्रदेश ६ मा सरकार गठनको गृहकार्य सुरु


Province 6 Capital

२६ माघ, सुर्खेत । निवर्तमान उर्जामन्त्री महेन्द्रबहादुर शाही बिहीबार ६ नम्वर प्रदेश नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा चयन भएसँगै माओवादी केन्द्रले सरकार गठनको प्रक्रिया सुरु गरेको छ ।

वाम गठवन्धनबीच केन्द्रमा भएको सहमति अनुसार ६ र ७ नम्वर प्रदेशको मूख्यमन्त्री माओवादी केन्द्रले पाएको छ । २९ गते सभामुख चयन भए लगत्तै सरकार गठन हुने प्रक्रिया अघि बढ्नेछ ।

एमालेसँग बसेर मन्त्रालयको टुङ्गो लगाई फागुन ३ गतेभित्रै सरकार गठन हुनेछ । सात मन्त्रालय रहने ६ नम्वर प्रदेशमा मूख्यमन्त्रीसहित माओवादीले तीन र एमालेले चार मन्त्रालय पाउने मोटामोटी सहमति दुई दलबीच भएको छ ।

भावी मुख्यमन्त्रीका रुपमा हेरिएका महेन्द्रबहादुर शाहीले प्रदेशको आमूल परिवर्तनका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले पाँच वर्षभित्र प्रदेशलाई समृद्धिको मार्गमा ढोर्‍याउने र १० वर्षभित्र देशकै समृद्ध प्रदेश बनाउने योजनासहित आफू प्रदेशको नेतृत्व गर्न लागेको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !