१५ असार २०८१, शनिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी : एमालेमा गएका नेतामाथि कारबाही गर्ने


माओवादी केन्द्र स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी रहेको छ । आज मंगलबार केहि समयअघि सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलमा बैठक शुरु भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् । सो बैठकले एमालेमा गएका नेताहरुलाई कारवाही गर्ने विषयमा छलफल हुने बुझिएको छ ।

नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन के हुने हो भन्ने चासोका वीच माओवादीले बोलेको बैठकलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा लिइएको छ । उक्त बैठकमा पार्टी सांगठनिक र वर्तमान राजनीति परिस्थितिबारे छलफल हुने बुझिएको छ ।

विकसित पछिल्लो राजनीतिक परिस्थिति, घटनाक्रम, पार्टीका आगामी कार्ययोजना लगायतका विषयमा छलफल हुने बैठकका एजेण्डा रहेको छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !