![नेकपा माओवादी केन्द्र पार्टी कार्यालय पेरिसडाँडामा](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/perisdanda_nekapa-maobadhi-party-office.jpeg?fit=1289%2C550&ssl=1)
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । आज मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्नेगरी बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।
नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन के हुने हो भन्ने चासोका वीच माओवादीले बोलेको बैठकलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा लिइएको छ । उक्त बैठकमा पार्टी सांगठनिक र वर्तमान राजनीति परिस्थितिबारे छलफल हुने बुझिएको छ ।
विकसित पछिल्लो राजनीतिक परिस्थिति, घटनाक्रम, पार्टीका आगामी कार्ययोजना लगायतका विषयमा छलफल हुने बैठकका एजेण्डा रहेको छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने र एमालेमा गएका नेताहरुलाई कारवाही गर्ने विषयमा छलफल हुने बुझिएको छ ।