२० असार २०८१, बिहिबार

प्रधानमन्त्री ओलीले बालुवाटारमा गरे विभिन्न क्षेत्रका बालबालिकाहरुसँग अन्तर्क्रिया


https://twitter.com/kpsharmaoli/status/1373957077656240128

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा गरे देशका विभिन्न क्षेत्रका बालबालिकाहरुसँग अन्तर्क्रिया गरेका छन् ।

आफ्नो आधिकारिक सामाजिक संजाल ट्वीटरमार्फत उनले जानकारी गराउदै देशका विभिन्न क्षेत्रका बालबालिकाहरुसँग बालबालिकासम्बन्धी १० वर्षे रणनीतिबारे अन्तर्क्रिया गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको बताएका छन् ।

उनले नवप्रतिभाहरुको संरक्षण र विकासमा नानीबाबूहरुका गहन सुझावहरु महत्वपूर्ण हुनेछन् भन्दै सम्पूर्ण भाइबहिनीहरुमा धेरै-धेरै माया तथा शुभार्षिवाद व्यक्त गरेका छन् ।

उनले लेखेका लेखेका छन्, ‘देशका विभिन्न क्षेत्रका भाइबहिनीहरुसँग बालबालिकासम्बन्धी १० वर्षे रणनीतिबारे अन्तर्क्रिया गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ।नवप्रतिभाहरुको संरक्षण र विकासमा नानीबाबूहरुका गहन सुझावहरु महत्वपूर्ण हुनेछन् । सम्पूर्ण भाइबहिनीहरुमा धेरैधेरै माया तथा शुभार्षिवाद व्यक्त गर्दछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !