काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको बैठकमा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका छन् ।
आज शनिबार पार्टी संसदीय दल तथा केन्द्रीय कमिटी बैठक बोलाइएको छ भने सोही बैठकमा गौतम सहभागी भएका हुन् । एमालेको कुनै पनि पक्षमा नखुलेका गौतम शनिबार प्रधानमन्त्री ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।
पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हिजो शुक्रबार पनि गौतमले सबैलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । पार्टीका माधव नेपाल पक्षले भने बैठकमा उपस्थिति नहुने निर्णय गरिसकेको छ ।