१६ असार २०८१, आइतबार

पत्नी तुलसा थापाले यतिठुलो पद पाएपछि बामदेव गौतम लागे ओलीतिर


बामदेव गौतम

काठमाडौँ । एमालेका उपाध्यक्ष बामदेव गौतमले केपी शर्मा ओलीले बोलाएको एमालेको केन्द्रीय कमिटी बैठकमा सबै उपस्थित हुनुपर्ने बताएका छन् । फागुन ७ गतेको लागि ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

आज एक कार्यक्रममा बोल्दै नेता गौतमले नेता माधव नेपाल र झलनाथ खनालसहिताका नेताहरु पनि भोलिको बैठकमा उपस्थित हुन आग्रह गरेका छन् । गौतमले अब केन्द्रीय कमिटी बैठकबाटै लडाइँ गर्नुपर्ने बताए । गौतमले नेपाल र खनाल दुवै दोषी रहेको बताएका छन् ।

गौतम पत्नी तुलसा थापा बिहिबार ओलीले बोलाएको संसदीय दलको बैठकमा पुगेकी थिइन् । गौतम र ओली पछिल्लो समय धेरै भेटघाट गर्दै आएका छन् । तर ओलीले धेरै पटक फकाए पनि गौतम ओली समूहमा लागेका थिएनन् ।

गौतम ओलीले बोलाएको बैठकमा जाने संकेत गर्नुको मुख्य कारण बिहिवार बोलाएको संसदीय दलको बैठकमा पत्नी थापालाई ओलीले मन्त्री बनाउने आश्वासन दिएको अनुमान गर्न सकिन्छ । लामो समयदेखि ओलीले बोलाएको बैठकमा सहभागी नभएका गौतम भोली हुने केन्द्रिय कमिटि बैठकमा भने जाने भएका छन् ।

ओलीले उधारो प्रस्ताव गरेर धेरै पटक धोका दिएको आरोप लगाउँदै आएका गौतमले केहि समय अगाडि ओलीलाई पार्टी अध्यक्ष दिनलाई आग्रह समेत गरेका थिए । गौतमले आग्रह गरेपनि ओलीले नमानेपछि गौतम र ओलीवीच भेटघाट बन्द भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !