काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा विभाजन हुनसक्ने संकेत गरेका छन् । आज विहान सामाजिक संजाल ट्वीटरमा पोष्ट गर्दै उनले नयाँ समाजवादी पार्टी ध्रुवीकरणतिर लाग्ने होकि ? भनेर संकेत गर्दै विभाजनको खुलासा गरेका हुन् ।
उनले पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्न भन्दै मार्क्सेली दर्शनले भन्ने बताएका छन् । नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयाँ आधार बन्नसक्छ भनेर उनले लेखेका छन् ।
अत: फुटेका हॅाडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टॅासेर पुरानै हॅाडी बनाउने मिथ्या कोशिश गर्नुसट्टा नयॅा समाजवादी ध्रुवीकरणतिर लाग्ने होकि ? भनेर जसपा विभाजनको संकेत गरेका छन् ।
उनले लेखेका छन्, ‘पुरानोको ध्वंस विना नयॅा निर्माण हुन्न-मार्क्सेली दर्शनले भन्छ ! नेकपाको अन्तरध्वंस नयॅा समाजवादी शक्ति निर्माणको नयॅा आधार बन्नसक्छ । अत:फुटेका हॅाडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टॅासेर पुरानै हॅाडी बनाउने मिथ्या कोशिश गर्नुसट्टा नयॅा समाजवादी ध्रुवीकरणतिर लाग्ने होकि ?’
पुरानोको ध्वंस विना नयॅा निर्माण हुन्न-मार्क्सेली दर्शनले भन्छ!नेकपाको अन्तरध्वंस नयॅा समाजवादी शक्ति निर्माणको नयॅा आधार बन्नसक्छ।अत:फुटेका हॅाडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टॅासेर पुरानै हॅाडी बनाउने मिथ्या कोशिश गर्नुसट्टा नयॅा समाजवादी ध्रुवीकरणतिर लाग्ने होकि?
— Baburam Bhattarai (@brb1954) March 19, 2021