
काठमाडौं । एमालेकी सचेतक शान्ता चौधरीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको चियापान कार्यक्रममा सहभागी हुन माधव नेपाल-झलनाथ खनाल समूहलाई आग्रह गरेकी छन्। चौधरीले उक्त कार्यक्रमवाट हार्दिकता बढाएर चैत्र ७ गतेको बैठकमा आउन समत आग्रह गरेकी छन्।
सामाजिक संजालमा एक स्टाटस लेख्दै चौधरीले सबै समस्यालाई बिधिसम्मत हल गरौ र राम्रो एमाले बनाऔ भन्दै आग्रह गरेकी छन्। चौधरीले माओवादीकेन्द्रका साथीहरू जो जालझेल र षड्यन्त्रबाट मुक्तभइ कम्युनिस्टआन्दोलनको मुलधारमा आव्हान गर्न समेत आग्रह गरेकी छन्।
नेपाल-खनाल समूहले भने ओलीको उक्त कार्यक्रमलाई बहिष्कार गरेको छ। सोमबार भएको छलफलमा ओली सकारात्मक अथवा छलफलमा फागुन २८ गते गरिएको निर्णयलाई खारेज गर्न नमानेपछि नेपाल-खनाल समूहले आजको चियापान कार्यक्रम बहिष्कार गरेको हो।
चौधरीले लेखेकी छन्, “प्रधानमन्त्री तथा पार्टी अध्यक्षले बोलाएको चियापानमा सहभागी हुन आउनुहोस् हाम्राबीचमा हार्दिकताबढाएर जाउँ चैत्र ७ गतेको बैठकमा आउनुहोस सबै समस्यालाई बिधिसम्मत हलगरौ र राम्रो एमाले बनाऔ माओवादीकेन्द्रका साथीहरू जो जालझेल र षड्यन्त्रबाट मुक्तभइ कम्युनिस्टआन्दोलनको मुलधारमाआव्हानगरौ।”