१३ पुस २०८१, शनिबार

माओवादी केन्द्रले केहि दिनका लागि बैठक किन गर्यो स्थगित ?


माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । हिजो निर्णय गर्न बाँकी रहेका धेरै एजेन्डाहरु पास गर्ने भनिएको बहुप्रतिक्षित केन्द्रिय कमिटी बैठक एक्कासी स्थगित हुनुमा केन्द्रले अपनाएको रणनीतिलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

आज पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले संसदमा रहेका मुख्यतया दुई दलसँग वार्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेर आफ्नो केन्द्रिय कमिटीको बैठक केहि दिनका लागि स्थगित गरेको हो ।

सर्वोच्चमा पुनरावलोकनमा जाने, संसदमा भएका दलसँग वार्ता गर्ने र जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने निर्णय भएको उनले बताए । पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाइएको र पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताए ।

अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता श्रेष्ठले बताए । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !