१४ आश्विन २०८१, सोमबार

५ नम्बर प्रदेशको राष्ट्रिायसभा निर्वाचनको नतिजा आजै आउने


pradesh 5

२४ माघ, दाङ । ५ नम्बर प्रेदेश्को राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न भाको छ । तीन बजे मतदान सम्पन्न भएपछि दलहरुसँग छलफल गरेर चार बजेदेखि मतगणना सुरु गर्ने र १० बजेसम्म नतिजा दिने निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

मतदान दाङको कर्मचारी मिलन केन्द्र अगाडि भवनको खुला चौरमा भएको छ । प्रदेश ५ मा ३०५ जना मतदातामध्ये ३०३ जनाले मतदान गरेका छन् । रुपन्देहीकी विना पन्त र बाँकेका अहमद साहले मतदान गरेका छैनन् । उनीहरु संघीय समाजवादी फोरम नेपालका हुन् ।

राष्ट्रियसभा निर्वाचनमा चयन हुने ८ सदस्यमध्ये तीन जना महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी ५ सदस्य चयनका लागि मतदान भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !