९ असार २०८१, आइतबार

रामचन्द्र पौडेलले बोली फेरे : आज भने, ‘काँग्रेस सत्ता होइन व्यवस्था जोगाउनतिर लाग्नुपर्छ’


रामचन्द्र पौडेल

बेनी । नेपालमा राजनीतिक दलका नेताहरुले के भने, भन्छन् भन्ने कुरा नेपाली जनताले पत्याउन धेरै गार्हो छ । हिजो एउटा बोल्छन्, आज अर्को बोल्छन् । यस्तो बोली फेर्ने नेपाली राजनीतिज्ञको बानी सवै नेपाली जनतालाई जगजायर छ ।

गत फाल्गुन २८ गते शुक्रबार पौडेल समूहका नेताहरु महामन्त्री शशांक कोइरालाको निवासमा भेला भएर पदाधिकारी बैठकमा आफ्नो धारणा राख्दै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका थिए ।

त्यो भन्दा अघि नेपाली काँग्रेस सरकारमा जानु हुदैन, प्रतिपक्षमा नै बस्नुपर्छ भन्ने धारणा राख्दै आएको पौडेल समूहले एक्कासी बोली परिवर्तन गरेको थियो । फाल्गुन २८ गते शुक्रबारको २ दिनपछि आज म्याग्दी पुगेर फेरि आफ्नो बोली फेरेका छन् । आज नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले कांग्रेसले सत्ता होइन व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताएका छन् ।

कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको छैटौँ पुन्यतिथिमा आज जिल्ला सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले भने, ‘‘लामो सङ्घर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको हो, यसमा कांग्रेसको ठूलो योगदान छ, हाम्रो पार्टीले सत्ता होइन, व्यवस्था जोगानुपर्छ ।”

कांग्रेसले आफ्नो सिद्धान्त र एजेण्डालाई जनताले बुझ्ने गरी लैजान नसक्दा बिपी कोइरालाकै एजेण्डा बोकेर कम्युनिष्टले दुई तिहाइ नजिकको मत ल्याएको नेता पौडेलले जिकिर गरे ।

“गम्भीर समीक्षा गर्नुपर्छ, हामीले हाम्रो सिद्धान्त र दर्शनलाई ठीकसँग व्यवहारमा पनि उतार्न सकेनौँ र ठीकसँग जनतालाई बुझाउन पनि सकेनौँ, त्यसले हामी गुपचुमा बस्नु हुँदैन्”, नेता पौडेलले भने । उनले कांग्रेस प्रजातन्त्रवादीसँगै समाजवादी रहेको जिकिर गर्दै किसानको पार्टी र श्रमिकको साथी कांग्रेस नै भएको ठोकुवा गरे ।

कांग्रेसले समयमै निचोड निकाल्न नसक्दा कम्युनिष्ट पार्टीको अलोकतान्त्रिक सरकार ढाल्न नसकिएको नेता पौडेलको भनाइ थियो । “कांग्रेसले समयमै ढुलमुल नगरेको भए सङ्घीयसँगै वाग्मती र प्रदेश–१ का सरकार ढाल्न सकिन्थ्यो तर त्यो अवसर फुत्कियो”, नेता पौडेलले भने । कांग्रेसले आफू निर्णायक बन्ने अवसर गुमाएको बताउँदै उनले पार्टीले आफ्नो स्पष्ट नीति र विचारलाई अघि बढाउनुपर्ने धारणा राखे ।

यो पनि पढ्नुहोस्

एक्कासी रामचन्द्र पौडेल समूहले गर्यो यतिठुलो निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !