७ बैशाख २०८१, शुक्रबार

टोपबहादुर भन्छन्, ‘क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारको अध्ययन हुन्छ’


टोपबहादुर रायमाझी

काठमाडौं । पूर्वमाओवादी नेता समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले माओवादी क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारबारे छानबिन हुने बताएका छन् । काठमाडौंमा शनिबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा बोल्दै नेता रायमाझीले औचित्य र आवश्यकताका आधारमा त्यसलाई अगाडि बढाइने बताएका हुन् ।

क्याबिनेटले अब १९ अर्बको खोजी गर्दैन् ? भनेर पत्रकारले सोधेको अर्को प्रश्नमा उनले भने, ‘हामी त्यसको अध्ययनमा छौं । अब त्यो विभिन्न निकायबाट खोजी नीति होला, प्रश्न उठेको छ । त्यसको औचित्य र आवश्यकत्ताको आधारमा त्यसलाई अगाडि बढ्छ होला ।’

आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै मन्त्री रायमाझीले अब सांसद र मन्त्री पद गए पनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताए । प्रधानमन्त्री ओलीसँग सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्नेहरु रहेकोले कुनै पनि हालतमा उनको साथ नछाड्ने स्पष्ट पारे ।

अब आफूहरु कुनै पनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने बताउँदै रायमाझीले आफूहरु एमाले पार्टीभन्दा पनि ओलीको विचारको पछि लागेको दाबी गरे । मन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गएपनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताएका हुन् ।

उनले भने, ‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होईन, ज्यान त छँदैछ नि । हामीलाई केही चिन्ता छैन् ।’ रायमाझीले प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरु एमाले पार्टीभन्दापनि ओलीको विचारको पछि लागेको प्रतिक्रिया दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !